घरहरू छिटो तयार गरी दलित परिवारलाई दिनुस् : सांसद शाह

चन्द्रौटा । नेपाली कांग्रेसका सांसद एवम् युवा नेता अभिषेकप्रताप शाहले आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित जनता अवास कार्यक्रमको निरीक्षण गरेका छन् ।

कपिलवस्तु जिल्लाको क्षेत्र नं. ३ बाट विजयी भएका सांसद शाहले आइतबार जनता अवास कार्यक्रम सञ्चालन भएका चारवटा गाउँको निरीक्षण गरेका हुन् ।

उनले छिटोभन्दा छिटो घरहरू निर्माण गरेर लक्षित जनतालाई उपलब्ध गराउन दिर्नेशन पनि दिएका छन् ।

जनता आवास कार्यक्रममा भएको प्रगति विवरण र हालसम्म भएको कामको बारेमा कर्मचारी र स्थानीयसँग शाहले जानकारी लिएका थिए ।

सांसद शाहको पहलमा रामनगर, पथरदहिया, बहदुरगञ्ज र भगवानपुरमा झण्डै २ सय दलित परिवारलाई घर बन्दै गरेका छन् ।

Published : Sunday, 2018 June 24, 6:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया