कांग्रेसको पक्षबाट कम्युनिस्टविरुद्ध लड्ने छन् यी लडाकुहरू

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसन (डिएलए)को अध्यक्षमा स्वर्गीय नेता खुमबहादुर खड्का निकटका योगेन्द्रबहादुर अधिकारी विजयी भएका छन् ।

नवलपुरको गैंडाकोटमा सोमबार बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षमा अधिकारी चार सय ३२ मतसहित विजयी भएका हुन् ।

अध्यक्षका उमेदवार सीताराम केसी र रामकुमार श्रेष्ठले क्रमशः तीन सय ३४ र ४२ मत ल्याएका थिए ।

महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल र महिला उपाध्यक्षमा सुष्मा बास्कोटा बराल निर्वाचित भएका छन् ।

महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु बस्याल निर्वाचित भएको निर्वाचन अधिकृत होमराज नेपालले बताए ।

प्रदेश उपाध्यक्षमा १ बाट मुरारी खनाल, २ बाट राजन दाहाल, ३ बाट राजु कटवाल, गण्डकीमा फणिन्द्र कोइराला, ५ बाट गोकर्णसिंह थापा, कर्णालीबाट खड्का सिजापति र ७ बाट बीरवहादुर जेठारा निर्वाचित भएका छन् ।

महाधिवेशनबाट निर्वाचित डिएलएको नयाँ नेतृत्वले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध कानूनी रुपमा प्रतिवाद गर्नेछ ।

Published : Monday, 2018 July 30, 7:05 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसको पक्षबाट कम्युनिस्टविरुद्ध लड्ने छन् यी लडाकुहरू”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया