गढवाका अराजक प्रहरी निरीक्षकविरुद्ध संसदमा उठ्यो कुरा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद पार्वती डिसी चौधरीले दाङको देउखुरीस्थित गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चलाल गौलीले स्थानीयलाई दुःख दिएर समस्या बनाएको आरोप लगाएकी छिन् ।

बिहीबारको संसदको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले प्रहरी निरीक्षक गौलीलाई पटक–पटक सम्झौदा पनि बेवास्ता गर्ने गरेको सदनलाई जानकारी गराइन् ।

‘मन्दिर बनाउने विषयमा पनि प्रहरी निरीक्षक पञ्चलाल गौलीले स्थानीयलाई दुःख दिनु भएको छ’, उनले भनिन्, ‘म त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले उहाँले सुधार हुन सुझाव दिँदा पनि मान्नु हुन्न । यस्ता प्रहरी निरीक्षकलाई कारबाही होस् ।’

विवादित छविका प्रहरी निरीक्षक गौलीले राप्ती नदीमा हुने अवैध उत्खननलाई संरक्षण गरेको आरोप छ । उनले क्रशर, ढुंगा र बालुवाखानीहरूसँग अवैध रुपमा पैसा उठाउने गरेको आरोप छ ।

प्रहरी निरीक्षक गौलीले गढवा क्षेत्रमा सामाजिक सद्भाव बनाउनेभन्दा पनि बिगार्ने गतिविधिमा लागेको भन्दै सांसद चौधरीले आपत्ति जनाएकी छिन् ।

Published : Thursday, 2018 August 2, 7:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया