रास्वपाका सभापति लामिछानेद्वारा अमेरिकन राजदूतसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनसँग भेटवार्ता गरेका छन् ।

बुधबार काठमाडौंको वनस्थलीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा भएको भेटघाटमा लामिछाने र थम्पसनबीच नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

नेपालीले दिनहुँ भोगिरहेका भिसा सम्बन्धि समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदूतावसको उच्च प्राथमिकतामा रहेको थम्पसनले जानकारी गराएको लामिछानेले बताएका छन् ।

प्रतिनिधि सभाका सांसद तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको भेटवार्तामा उपस्थिति रहेको थियो ।

सभापति लामिछाने पूर्व अमेरिकन नागरिक हुन् । लामिछानेले अमेरिकामा विभिन्न मुद्धा झेलेर नेपाल आएका हुन् । नेपालमा दोहोरो नागरिकता र राहदानी काण्डमा परेर सांसद र गृहमन्त्री पद गुमाएका लामिछानेसँग अमेरिकन राजदूत थम्पसनले भेट गरेका छन् ।

Published : Wednesday, 2023 August 23, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया