राधिकासहित ३ जनाको नाम सचिवमा बढुवाका लागि सिफारिस
काठमाडौं । लोक सेवा आयोगको बढुवा समितिले निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सह–सचिवहरूको नाम सिफारिस गरेको छ ।
काठमाडौंमा सोमबार बसेको समितिको बैठकले सह–सचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
घिमिरे वरिष्ठतामा अगाडि छन् । घिमिरेको नाम धेरै पटक सचिवका लागि सिफारिस भएको छ । घिमिरे चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।
सह–सचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।
समितिको बैठकले गरेको सिफारिसअनुसार तीन जनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया