सुनौलमा २५ लाखसहित विनय पक्राउ

काठमाडौं । प्रहरीले महोत्तरी जिल्लामा स्रोत नखुलेको रकम २५ लाख १० हजारसहित एक जनालाई पक्राउ गरेको छ ।

मनरा शिसवा नगरपालिका–३ सुनौलस्थित सडकबाट श्रोत नखुलेको नगद २५ लाख १० हजार नेपाली रूपियाँसहित भारत घर भएका ३७ वर्षीय विनय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले भोल्ही हुँदै सुनौलतर्फ जाँदै गरेको बीआर ३० एस ८५८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमुनि लुकाई छिपाई राखेको उक्त रकम फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको छ ।

Published : Thursday, 2023 August 31, 12:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया