चीन भ्रमणको मुखैमा नेपालको नक्शा आयो, चेपुवामा देश हुन सक्दैन : गोकुल बास्कोटा
काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले चीनसँगले नेपालको नयाँ नक्शाका बारेमा कुरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले चीन भ्रमणका बेला नेपालको पछिल्लो नक्शाबारेमा कुरा उठाउनुपर्ने बताएका हुन् । उनले चीनको भ्रमण गर्नुभन्दा केही समय अगाडि नेपालको चुच्चे नक्साबारे वास्ता नगर्नुलाई चिन्ता जनाएका छन् ।
उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जानुअधि भारतले नेपालका केही भू–भाग समेटेर अखण्ड भारतको नक्शा ल्यायो ।’
‘प्रधानमन्त्रीले भने–सम्बन्धका कारण म बोलिन । अहिले प्रधानमन्त्रीको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्शालाई वास्तै नगरी आफ्नो नक्शा ल्यायो ।’
‘के प्रधानमन्त्री त्यहाँ पनि मौन ? सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन’, उनले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया