पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताका धरोहरहरू हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बुधबार शुभकामना सन्देश जारी गरेर सभापति देउवाले नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजहरू भएको मुलुक रहेको जनाएका छन् ।

‘विभिन्न पर्वहरूमध्ये श्रीकृष्ण जन्माष्टमी पनि हाम्रो एक महत्वपूर्ण पर्व हो’, उनले भने, ‘यस दिन भगवान श्रीकृष्णको पूजा अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउँछौं ।’

‘प्रत्येक धार्मिक र सांस्कृतिक रितिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ’, सभापति देउवाले भनेका छन् ।

‘हाम्रा सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरू हुन्’, उनले भने, ‘यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएका छन् ।’

उनले भने, ‘भगवान श्रीकृष्ण जन्मनु भएको पावन दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

Published : Wednesday, 2023 September 6, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया