कांग्रेसका नेता कार्यकर्तासहित अस्पताल पुगे बालेन र सुनिता

काठमाडौं । डेंगु र भाइरल संक्रमणबाट वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ र उप–प्रमुख सुनिता डंगोल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष रिजालको बिहीबार निधनको छ । रिजालको निधन भएपछि नगरप्रमुख शाह र उप–प्रमुख डंगोल अपस्पताल पुगेका हुन् ।

रिजालको निधन भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि अस्पतामा पुगेका छन् । रिजाल कांग्रेसका नेता पनि हुन् ।

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । उनको अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

Published : Thursday, 2023 September 7, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया