गृहमन्त्रीको राजीनामा मागेर तरुण दलद्वारा काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेर काठमाडौंमा प्रदर्शन गरेको छ ।
सोमबार साँझ चाबहिलमा तरुण दलले गृहमन्त्री श्रेष्ठविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका तरुणहरूले शान्ति सुरक्षा बनाउन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठविरुद्ध नारावाजी समेत गरेका छन् ।
गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा बनाउन नसकेकै कारण काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको थियो । गम्भीर घाइते यादवको वीर अस्पतालमा उपचार भइरहेको छ ।
प्रदर्शनमा उत्रिएका तरुणहरूले गृहमन्त्री श्रेष्ठले राजनीतिक पूर्वाग्रही भएर गृह मन्त्रालय चलाएको आरोप लगाएका छन् ।
तरुण दलले काठमाडौंसहित जिल्लाहरूमा प्रदर्शन गरिरहेको छ । तरुण दलले गृहमन्त्री श्रेष्ठले अपराध मुछिएका माओवादीका नेताहरूलाई बचाएको आरोप पनि लगाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया