बेघाको ग्याङ फाइट, प्रहरीद्वारा मूल गुण्डा नाइके पक्राउ
काठमाडौं । प्रहरीले धरान उप–महानगरपालिकाका नगर उप–प्रमुख अइन्द्रविक्रम बेघाका भाइ विष्णु बेघालाई पक्राउ गरेको छ ।
विष्णु बेघासहितको समूहले धरान– १५ सूर्यवस्तीका सन्देश राईलाई कुटेको आरोपमा उप–मेयरका भाइ विष्णुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । माओवादी केन्द्रबाट धरानका नगर उप–प्रमुखमा निर्वाचित भएका विष्णु बेघका भाइले आफ्ना दाइको राजनीतिक शक्तिको आडमा गुण्डागर्दी गर्दै आएका छन् ।
मंगलवार धरानमा भएको ग्याङ फाईटको अनुसन्धानका लागि विष्णुलाई नियन्त्रणमा लिएको धरानका डीएसपी नवराज मल्लले बताएका छन् ।
विष्णुको समूहले शुरुमा सन्देश राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । सन्देशको समूहलाई आक्रमण गरेपछि सो समूहले विष्णु बेघालाई घरैमा गएर कुटेको थियो ।
सन्देशलाई हतियारले प्रहार गरेर घरमा बसेको बेला उप–मेयर बेघाको घरमा प्रवेश गरी विष्णु बेघामाथि धारिलो हतियार प्रहार गरेको मल्लले बताए । पुरानो रिसीइबीका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विष्णुको समूहले काटेका सन्देशको अवस्था चिन्ताजनक रहेको छ । सन्देशको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
उनको शरीरको कम्मरमा गहिरो चोट लागेको छ । विष्णुको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ८ जनलाई पक्राउ गरेको छ । प्रहरीले विष्णुसहित उनको समूहका बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङलाई पक्राउ गरेको छ ।
सन्देशका ग्याङका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राईलाई पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया