सर्वोच्च र उच्च अदालतका न्यायाधीशबारे परिषदले निर्णय गर्न सकेन

काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतका मुख्य न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको छ ।

आइतबार बसेको बैठकमा न्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको परिषद स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतमा नियुक्ति सिफारिस गर्नुपर्ने ६ मध्ये कुन क्लस्टरबाट कतिजना न्यायाधीश लैजाने र छनोटको मापदण्ड के बनाउने भन्ने विषयमा छलफल चलिरहेको र टुंगोमा नपुगेकाले निर्णय हुन नसकेको हो ।

Published : Sunday, 2023 September 17, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया