सेयर बजार ४४.३४ अंकले बढ्यो
काठमाडौं । लामो समयपछि सेयर बजारको परिसूचक नेप्से ४४.३४ अंक बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से २०२९ अंकमा कायम भएको छ । बिहीबार परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । सामान्यत: १ अर्बको कारोबार हुँदै आएको बजारमा बिहीबार भने ३ अर्ब २९ करोड पुग्यो । कुल २१७ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने २ को स्थिर रहृयो ।
प्रतिशतका आधारमा जलविद्युत् उपसमूह सबैभन्दा धेरै ५.३ प्रतिशत बढ्यो । अंकका आधारमा वाणिज्य बैंक ११, विकास बैंक १४२, फाइनान्स ७५, होटल तथा पर्यटन ८२, जलविद्युत् १०९, जीवन बीमा १८०, उत्पादन १४७, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८७, अन्य ३३ र ब्यापार उप–समूह १० अंक बढे ।
११ कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो । ती ११ कम्पनीमा नेसनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो, थ्रीस्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, आँखुखोला र बाराही हाइड्रोपावर छन् ।
अभियान लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर क्रमश: अगाडि रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया