बोझ बनेको संघीयता खारेज गर्न कांग्रेसभित्र जबरजस्त माग

काठमाडौं । संघीयताको विरोध भइरहेका बेला नेपाली कांग्रेस बैठकमा प्रदेश खारेज गर्न माग उठेको छ ।

बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश चाहिने हो/होइन निर्क्योल गर्न सभापति शेरबहादुर देउवासहित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् ।

‘प्रदेश नचाहिने हो भने खारेज गरियोस्’, शर्माले भने, ‘होइन भने प्रदेश सभापतिलाई केन्द्रीय समिति बैठकमा वैधानिक हैसियतसहित आमन्त्रित गरियोस् ।’

शर्माले प्रदेश कार्यसमितिलाई निर्णयको अधिकार हस्तान्तरण गर्न माग गरेका छन् ।

Published : Thursday, 2023 September 21, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया