यी महिला र पुरुषको ठमेलमा धन्दा
काठमाडौं । विदेश लैजाने भन्दै ठगेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित होटल यात्री एन्ड डुडी सुट्स एन्डल स्पाबाट प्रहरीले पाकिस्तानको राहुलपिन्डी घर भई ठमेल बस्ने ५१ वर्षीय नाजिर मोहम्मदलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
अजरबैजान घर भई हाल ठमेलमा बस्ने ३१ वर्षीया आइसेल हुसेनील रहेकी छिन् । उनीहरूलाई प्रहरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको जनाएको छ ।
उनीहरूले वैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगल लगायत देशमा पठाइदिने भनेका थिए। त्यसका लागि वर्कपर्मिट लगायत नक्कली कागजातहरू देखाएर विश्वासमा पारी ठगी गरेको आरोप छ ।
उनीहरूले प्रोसेसिङ गरिदिने भन्दै प्रतिव्यक्ति एक हजार डलर लिने गरेका थिए ।
नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाएर रकम लिने र यसरी नै अन्दाजी ८० लाख रुपियाँ ठगिसकेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । पीडितको विश्वास जित्न उनीहरूले अजरबैजान समेत घुमाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया