अध्यक्ष गुरुङसमक्ष तरुण दलका केन्द्रीय सदस्यहरूले लिए प्रतिज्ञा
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय सदस्यहरूलाई प्रतिज्ञा (शपथ) गराएका छन् ।
आइतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयको शपथ गराएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्ष गुरुङलाई शपथ गराएका थिए । सभापति देउवा स्वास्थ्यका कारण शपथको कार्यक्रममा सहभागी हुन सकेनन् ।
शपथको कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री तथा तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, पूर्वअध्यक्षहरू उदयशम्शेर राणा, जितजंग बस्नेत, विनोद कायस्थ, पूर्वउपाध्यक्ष उत्तम चापागाइँ, पूर्वसचिव तथा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, कांग्रेस केन्द्रीय सदस्य राधा घले लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया