निर्माण व्यवसायी संघ ललितपुरको अध्यक्षमा पञ्चराम नेतृत्वको समिति निर्विरोध

ललितपुर । निर्माण व्यवसायी संघ ललितपुर जिल्लाको अध्यक्षमा पञ्चराम महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

निर्माण व्यावसायी संघको १४औं साधारणसभा तथा सातौं अधिवेशन ललितपुरले महर्जनसहित १९ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा भगिरथ तिमिल्सिना, प्रथम उपाध्यक्षमा अमर शाक्य, द्वितीय उपाध्यक्षमा मोहनकृष्ण बस्नेत, सचिवमा दिनेश श्रेष्ठ, सह–सचिवमा हरिघर श्रेष्ठ, कोषाध्यक्ष गोकुल खड्का र सह–कोषाध्यक्षमा श्यामकुमार गिरी निर्विरोध चयन भएका छन् ।

कार्य समितिको सदस्यहरूमा जनजातीतर्फबाट सदस्यमा कृष्णकुमार महर्जन, महिला सदस्यमा मीना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज निर्विरोध चयन भएका छन् ।

संघको खुल्ला सदस्यहरूमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगतबहादुर लो, श्याम ज्योति बोहोरा, दोलराज अधिकारी, कविन्द्रकुमार लामा निर्विरोध निर्वाचित भएका छन् ।

यसैबीच, नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले निर्माण व्यवसायी संघ ललितपुर जिल्ला कार्यसमितिको नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा शुभकामना दिएका छन् ।

महर्जनले संघले सर्वसम्मत कार्यसमिति चयन गरेर सहमति र सहकार्यको संस्कारलाई अनुसरण गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

Published : Monday, 2023 October 9, 8:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया