दुर्गा प्रसाईँलाई भएको अन्यायबारे बोल्यो राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेको छ ।
शुक्रबार पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत प्रसाईं समूहको प्रदर्शनमा प्रहरीले गरेको धरपकडप्रति खेद प्नकट गरेका हुन् ।
श्रेष्ठले आफ्नो अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रहरीले गरेको धरपकडप्रति भर्त्सना गरेका हुन् ।
‘आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शन स्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रम स्थलमा कब्जा जमाउने, घर घरमा पुगेर व्यक्ति व्यक्तिलाई पक्राउ गर्ने, सडक पेटीमा हिँडिरहेका नागरिकलाई बिना कारण जथाभाबी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया