महिला नेतृहरूद्वारा गृहमन्त्री श्रेष्ठसँग भेट
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’सहितका महिला नेतृहरूले भेट गरेर आमाको नामबाट सन्तानलाई नागरिकता दिने विषयमा ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा श्रेष्ठलाई भेट गरेर आमाको नामबाट सन्तानहरूलाई नागरिकता दिने संवैधानिक व्यवस्था रहे पनि नागरिकता लिन विभिन्न खालका झञ्झटहरू रहेको बताएका छन् ।
उनीहरूले निर्वाचन प्रणाली र सो विषयमा निर्वाचन आयोगले बनाएको विधेयकको प्रस्तावका विषयमा पनि गृहमन्त्री श्रेष्ठलाई सुझावहरू दिएको सह–महामन्त्री उपाध्यायले बताएकी छिन् ।
महिलालाई राज्यका हरेक निकायर राजनीतिक नेतृत्वमा ल्याउन कानूनमा सुधारहरू गर्नुपर्ने सुझाव गृहमन्त्री श्रेष्ठलाई दिएको नेतृ उपाध्यायले बताइन् ।
मुस्लिमसहित अल्पसंख्यक समुदायमा समानुपातिक सांसद र अन्य सेवा सुविधा लिनेबारेमा पहुँचका आधारमा रहने गरेको भन्दै सो विषयमा पनि गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया