दुई प्रदेश बाहेक सबैमा कांग्रेसको सम्मेलनको मिति घोषणा
काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ ।
सम्मेलन पोखरा सभागृहमा हुनेछ । ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेस गण्डकी प्रदेशले जनाएको छ ।
संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ ।
कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते हुनेछ । बागमतीको पुस ७ गते सम्मेलन हुनेछ ।
कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिमको सम्मेलन गर्ने टुंगो लागेको छैन । कालीकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो क्षति भएपछि कांग्रेसले ती दुई प्रदेशमा सम्मेलनबारे छिट्टै निर्णय लिनेछ ।
Published : Thursday, 2023 November 30, 9:51 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया