कृषि समितिद्वारा दूध किसानहरुको वक्यौता रकम तत्काल दिन निर्देशन निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले दूध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले दूध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सभापति डा.आरजु राणाले बताएकी छिन् ।
डा.राणाले पीडामा रहेका दूध किसानहरुको भुक्तानी तत्काल गर्न सरकारलाई निर्देशन दिइएको बताएकी छिन् । समितिले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ ।
बजेटको ३ प्रतिशत मात्रै लगानी कृषि क्षेत्रमा राज्यले गरेको पाइएकाले आगामी आर्थिक वर्षमा कम्तिमा ५ प्रतिशत बजेट पु¥याउन सरकारको ध्यानाकर्षण गराइएको समिति सभापति डा.राणाले बताएकी छिन् ।
कृषि क्षेत्र मुलुकको सबैभन्दा बढी प्रतिफल दिने क्षेत्र भएकाले यस क्षेत्रमा लगानी बढाउने कुरामा सरकारले कम्जुस्याई गर्न नहुने समितिले जनाएको छ ।
समितिका सदस्यहरुले कृषि क्षेत्रको उत्थानमा सरकार गम्भिर नभएको गुनासो गरेका छन् । उनीहरुले मानव संशोधन र प्रविधिमा जोड दिएर कृषि क्षेत्रको विकास गर्न पनि सरकारलाई सुझाव दिएका थिए ।
सभापति डा.राणाले भनेकी छिन्, ‘कृषिमा हालैको बजेट चाहिँ नेपाल सरकारले दिएको अनुदान होइन । यो लगानी हो । अहिले पनि त हाम्रो कृषि क्षेत्रबाट सबैभन्दा बढी रेभिन्यु, यस क्षेत्रबाटै हामीलाई आइरहेको छ पैसा ।’
‘हामीमा कनि कन्जुस्याँई ? जम्मा हाम्रो बजेटको ३ प्रतिशत मात्रै कृषिमा जान्छ, जबकी शिक्षा, स्वास्थ्यमा ६÷७ प्रतिशत छ’, डा.राणाले भनेकी छिन् ।
‘३ प्रतिशतलाई हामीले एटलिष्ट डबल ग¥यौं भने यसमा हाम्रो सचिवज्यु, मन्त्रीज्युहरुसँग धेरै कुरा भयो । र, उहाँहरुले एउटा कुरा भन्नुहुन्छ–हामीसँग म्यान पावर नै छैन’, उनले भनिन् ।
‘कसरी हामीले यो कुराहरु अगाडि बढाउने । यसमा हाम्रो समिति, कृषक साथीहरुको तर्फबाट पनि कृषिमा अब आउने बजेटमा अब छलफल शुरु हुन्छ’, सभापति डा.राणाले भनिन् ।
‘एटलिष्ट ३ प्रतिशतबाट ५ प्रतिशत लगानी गर्नुस् न । त्यो भएपछि कति धेरै रिटर्न आउँछ । यो अनुदान होइन, लगानी गरेको हो’, उनले भनिन् ।
‘दुग्ध किसानहरुको पनि पेमेन्ट गरिदिनु प¥यो सरकारले । अब यो पनि अगाडि बढाएको छ सरकारले’, सभापति डा.राणाले भनेकी छिन् ।
‘अर्थ मन्त्रालयका गएर बसेको होला सायद । यो त झनै सानासाना किसानहरु हुनुहुन्छ । दुध उत्पादन हुन नसक्नुको कारण त बीचको मान्छेले किन्नै नसक्ने भएको रहेछ’, सभापति डा.राणाले भनेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया