सभापति डा.राणाको समितिद्वारा निकै छिटो विधेयक पारित, संसदले विज्नेश पायो
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७’ पारित गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा बसेको समितिको बैठकले विधेयकलाई पारित गरेको सभापति डा.आरजु राणा देउवाले बताएकी छिन् ।
सभापति डा.राणाले विधेयकलाई प्रतिवेदनसहित प्रतिनिधिसभाको बैठकमा पेश गर्नेछिन् । कृषि समिति निकै क्रियाशील छ । सभापति डा.राणाले बैठकलाई कुशलताका साथ सञ्चालन गरेर छिटोभन्दा छिटो प्रतिवेदनसहित विधेयक पारित गरेकी छिन् । अब संसदले विज्नेश पाउनेछ ।
समितिका सदस्य बीरबहादुर बलायर संयोजक रहेको उप–समितिमा सरोकारवाला पक्षसँगको विधेयकमाथि लामो छलफल भएको थियो । छलफलपछि विधेयकलाई समितिबाट पारित गरिएको छ ।
मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि यो कानून महत्वपूर्ण हुने सभापति डा.राणाले विश्वास लिएकी छिन् ।
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक अध्ययन उप–समितिले सम्बन्धित मन्त्रालय, सरोकारवाला, विज्ञ एवं संशोधनकर्ताहरूसँग छलफल गरी तयार गरेको प्रतिवेदन समितिमा शुक्रबार छलफल गरेर पारित भएको थियो ।
नेपाली कांग्रेसकी सांसद डा.राणा सभापति बनेपछि पहिलो पटक समितिले विधेयक पारित गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया