सहकारी ठगका आरोपी गृहमन्त्रीलाई संरक्षण गर्दै आएका ओलीप्रति नरम कोइरालाद्वारा गगनसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग केन्द्रीय सदस्य शेखर कोइरालाले भेटवार्ता गरेका छन् ।

आइतबार काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा थापा र कोइरालाबीच भेटवार्ता भएको हो । कोइरालाका सहयोगी दिनेश थपलियाले भनेका छन्, ‘राष्ट्रिय र पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर छलफल ।’

सहकारीको रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेका विषयमा विषयमा संसदीय छानविनको माग राखेर कांग्रेसले संसद अबरोध गरिरहेको छ । संसद अवरोध गर्दा लामिछानेले थापालाई निशाना बनाएर व्यक्तिगत लाञ्छना लगाइरहेका छन् । लामिछानेसँग थापा भिडिरहेका छन् ।

एमालेका अध्यक्ष केपी ओलीसँग निकट र नरम मानिएका केन्द्रीय सदस्य कोइरालाले महामन्त्री थापासँग भेट गरेका छन् ।

महामन्त्री थापा गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्डमा सभापति शेरबहादुर देउवासँग मिलेर जबरजस्त रुपमा सरकारविरुद्ध भिडिरहेका बेला केन्द्रीय सदस्य कोइरालाले थापालाई किन भेट गरेका हुन् प्रश्न उठेको छ ।

सहकारी ठगीमा मुछिएका लामिछाने र कांग्रेसको मागविरुद्ध अभिव्यक्ति दिँदै आएका एमालेका अध्यक्ष ओलीप्रति नरम नेता कोइरालाको पछिल्लो व्यवहारप्रति नेता कार्यकर्ताले प्रश्न उठाइरहेका छन् ।

Published : Sunday, 2024 May 12, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया