ओली-लामिछानेले असहयोग गरिरहेका बेला प्रचण्डले रखेको प्रस्तावमा कांग्रेस सकारात्मक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकसँग परामर्श गरेका छन् ।
मंगलबार बिहान बालुवाटारमा दाहालले कांग्रेसका नेताद्वय थापा र लेखकसँग संसदमा ब्यबधान नगर्न आग्रह गरेका हुन् । दाहालले सहकारीको रकम ठगी प्रकरणमा समस्या समाधान गर्न प्रयासरत रहेको जानकारी गराएको लेखकले बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले बोलाएपछि माननीय गगन थापाजी र म प्रधानमन्त्रीलाई भेटेर छलफल गरेका छौँ ।’
‘मुलतः प्रधानमन्त्रीज्यूले दुई वटा कुरा भन्नुभएको छ । समस्या जुन छ, सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्न मैले पूरै कोशिस र काम गरिरहेको छु’, लेखकले भने ।
‘समस्या समाधान गर्न प्रयासरत छु भन्नुभयो । राष्ट्रपतिको सम्बोधनलाई अवारेध नगरिदिनुस्, सहयोग गरिदिनुपयो भन्नुभएको छ’, प्रमुख सचेतक लेखकले भने ।
‘म समस्या समाधानका लागि लागिपरेको छु भन्नुभएको छ’, उनले भने, ‘हामीले उहाँले भन्नुभएको कुरालाई संसदीय दलको बैठकमा निर्णय गरेर निस्कर्षमा पुग्छौँ भन्नुभएको छ ।’
‘समस्या समाधानका लागि सबैसँग छलफल गरिरहेको र समस्या समाधान गर्ने प्रयत्नमा छु भन्नुभएको छ, यसलाई हामी व्यवहारमा देख्न चाहन्छौँ’, उनले भने ।
‘सहकारीको यत्रो ठूलो रकम अपचलनमा उहाँ जिम्मेवार हुनुहुन्छ । काँग्रेस डराउनुपर्ने कारण छैन’, उनले भने, ‘प्रधानमन्त्रीले भनेको कुरा सरोकारको विषय हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका छन् ।
नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका लामिछानेबारे अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गर्दै आएको छ । एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री लामिछाने संसदीय छानविन समिति बनाउन अटेर गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया