कांग्रेसले आइतबारको प्रदर्शनका लागि उपत्यकाका ३ जिल्लामा १५ केन्द्रीय सदस्य खटायो
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा भोलि आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधिका रुपमा जिम्मेवारीसहित खटाएको छ ।
काठमाडौंको दश वटा निर्वाचन क्षेत्रका लागि केन्द्रीय सदस्यहरू उमेशजङ्ग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डिला संग्रौला र प्रकाश स्नेहीलाई जिम्मेवारी दिइएको छ ।
ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् ।
भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी, कार्यकताई प्रशिक्षित गर्नेछन् ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया