दाहाललाई हराउँदै नाट्टाको अध्यक्षमा थपलिया निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै थपलिया नाट्टाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष थपलिया डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध छन् । थपलिया नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका छन् ।

नाट्टाको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा युविका भण्डारी, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएका छन्

सदस्यमा श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेल विजयी भएका छन् ।

Published : Saturday, 2024 June 8, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया