तनहुँकी सृजना खड्काले हेटौँडाकी आस्था थापालाई पक्राउ गराइन्

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले मकवानपुर जिल्लाकी २२ वर्षीया आस्था थापालाई पक्राउ गरेको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने सृजना खड्कालाई सामाजिक संजालको प्रयोग गरी म्यासेजमार्फत ठगी गरेको अभियोगमा आस्था थापालाई पक्राउ गरेको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विदेशबाट मोबाइल, एयरपोर्ट समेतको सामान आएको छ भनी झुक्यानमा पारी नगद ५ लाख रुपियाँ ठगी गरेको अभियोगमा हेटौडा महानगरपालिका वडा नं. ५ पिप्ले बस्ने आस्था थापालाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Published : Saturday, 2024 July 13, 11:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया