जहाज दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा.राणाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सौर्य एयरलाईन्सको जहाज दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको भन्दै गहिरो दुःख व्यक्त गरेकी छिन् ।

बुधबार मन्त्री डा.राणाले प्रेस नोट जारी गरेर जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

उनले काठमाडौंबाट स्थानीय समयअनुसार बुधबार बिहान ११ः११ मा पोखरा उडानको क्रममा दुर्घटनाग्रस्त भएको खबरले अत्यन्त दुःखित भएको जनाएकी छिन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै डा.राणाले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी छिन् ।

साथै उपचाररत क्याप्टेन मनीष शाक्यको स्वास्थ्य लाभको परराष्ट्रमन्त्री डा.राणाले कामना गरेकी छिन् ।

Published : Wednesday, 2024 July 24, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया