इमान्दारिताकै कारण देउवालाई सफलता, प्रशंसा गर्न बाध्य भए ओली र प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक इमान्दारिताको खुलेरै प्रशंसा गरेका छन् ।
औंलामा गन्न सकिने केही विरोधीहरूले सभापति देउवाको आलोचना गरिरहेका बेला दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षहरूले नै प्रशंसा गरेका हुन् । ओली र दाहालले प्रतिनिधि सभाको बैठकमै प्रशंसा गरेर सभापति देउवा निकै इमान्दार छन् भन्ने कुराको पुष्टि गरेका छन् ।
निकै कम बोल्न रुचाउने देउवाले कसैलाई पनि धोका दिँदैनन् । बोलेका कुरा पु¥याउँछन् भन्ने कुराको पुष्टि ओली र दाहालले गरेपछि देउवाप्रति सर्वसाधारणको विश्वास बढेर गएको छ ।
देउवा आफूले दिएको बचन पूरा गर्ने विषयमा पक्का छन् । सभापति देउवाको यहि इमान्दारिताका कारण बेलाबेला धोका पनि हुने गरेको छ । पटक पटक धोका पाउँदा पनि सभापति देउवा आफ्नो इमान र जमानप्रति दृष्ढ छन् ।
कांग्रेसको समर्थनमा बनेको तत्कालीन सरकारका प्रधानमन्त्री दाहालको मनमा आशंका उब्जिन्छ भनेर देउवाले ओलीसँग भेट पनि गरेका थिएनन् । मुस्किलले एक पटक फोनमा कुरा भएको थियो । यो कुराको पुष्टि स्वयं ओलीले प्रतिनिधि सभाको बैठकमा गरिसकेका छन् । वार्ता र सम्वाद गरौँ, भेटौँ भन्दा सभापति देउवाले नमानेको भनेर संसदै बैठकमा ओलीले अभिव्यक्ति दिइसकेका छन् ।
यता, देउवाको इमान्दारिताप्रति दाहालले पनि प्रशंसा गरेका छन् । कांग्रेससँग गठबन्धन तोडेर एमालेको समर्थनमा बनेको सरकार ढलेपछि दाहालले संसदमा दिएको सम्बोधनमा पनि देउवाको निकै प्रशंसा गरेका छन् ।
सदनमा सम्बोधनका बेला दाहालले आफूलाई ओलीले धोका दिएको प्रशङ्ग उठाउँदै ‘कांग्रेससँग ७ बुँदाको सहमति भए छ । यो के भएको हो ? भन्दा कहिले भए छ भनेर ओलीले झुठ बोलेको तर, त्यहि विषयमा सभापति देउवासँग फोनमा कुरा गर्दा म झुठ बोल्न जान्दैन अहिलेलाई सरी, एमालेसँग सहमति भइसक्यो’ भनेर इमान्दारिताका साथ बोलेको बताएका थिए ।
सभापति देउवालाई नचिन्नेहरूले आलोचना गर्छन्, गाली गर्छन् । तर, देउवाको इमान्दारिता, बानीव्यहोरा थाहा पाउनेले कहिल्यै पनि सभापति देउवाप्रति घात गर्दैनन् । देउवालाई चिन्नका लागि ओली र दाहालले दिएको अभिव्यक्तिलाई सुन्दा पनि सबै कुरा पुष्टि हुन्छ । देउवामा राजनीतिक चरित्र छ, नैतिकता छ, इमान्दारिता छ । आफ्ना आलोचकहरूलाई पनि सभापति देउवाले उत्तकै महत्व दिन्छन् ।
आफूविरुद्ध बोल्ने नेता, कार्यकर्तालाई पनि देउवाले असर दिँदै आएका छन् । आलोचनालाई पनि देउवाले रचनात्मक रुपमा लिन्छन् । सोही कारण देउवा ५ पटक प्रधानमन्त्री बनिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया