बागमतीमा कांग्रेसको सरकारले विश्वासको मत पायो

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

हेटौँडामा मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाएको प्रदेश सभामुख भुवन पाठकले बताए ।

मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको छ । विपक्षमा ३५ मत प्राप्त खसेको छ । ३ सांसद तटस्थ बसे ।

कांग्रेस संसदीय दलका नेता लामा साउन ८ गते एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Published : Tuesday, 2024 July 30, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया