औकात थाहा पाएपछि गिरिजाप्रसादले वस्त्र फुकालेर नाङ्गै हुने ‘अक्टोपस’लाई छिर्न दिएनन्

काठमाडौं । ‘अक्टोपस’का रुपले परिचित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बेलाबेला फण्डाहरू गरिरहन्छन् ।

नयाँ दिल्लीस्थित जहवारलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेर नेपाल आएपछि राजनीति शुरु गरेका सिंह निकै विवादित पात्र मानिन्छन् । सिंहका विवादित अभिव्यक्तिले पूरै राज्य संयन्त्र आजित बनेको छ । सिंह तथ्यमा भन्दा पनि मनोगढान्ते अभिव्यक्ति दिएर बेलाबेला भाइरल बनिरहेका हुन्छन् ।

आफूलाई सूचनाको स्वघोषित खानी ठान्ने सिंहले आफैसँग हिँड्ने अङ्ग रक्षक (पीएसओ)को सञ्चार सेटमा आउने सूचनालाई आधार मानेर बबण्डर मच्चाउने गरेको आरोप छ । पीएसओको सञ्चार सेट आफैले बोक्ने गरेको प्रत्यक्षदर्शीले बताउने गरेका छन् । सिंहले दिने सूचनालाई पत्रकारहरूले पनि आजकाल पत्याउन छाडेका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको अहिलेको सरकारविरुद्ध बेलाबेला अन्टसन्ट अभिव्यक्ति दिइरहेका सिंह मन्त्र बन्न नपाएपछि आगो बनेका छन् । सिंहलाई प्रधानमन्त्री ओलीले मन्त्री त के कुनै राजनीतिक नियुक्ति पनि दिने मुडमा छैनन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भ्रममा पारेर सिंहले समानुपातिक सांसद पनि बन्न भ्याएका थिए । सिंहको औकात र हैसियत थाहा पाएपछि गिरिजाप्रसाद कोइरालाले आफ्नो निवासमा छिर्न पनि दिएका थिएनन् ।

सिंहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भ्रममा पारेर राखेका थिए । दाहालले पनि सिंहको हैसियत थाहा पाएपछि मतलब राख्न छाडेका छन् ।

सांसद सिंहले कांग्रेसमा रहेर निकै ठूलो अवसर लिएका छन् । कांग्रेसको नाममा शुभलाभ गरेका सिंहले सोँचेअनुसार हुन छाडेपछि ‘बागी’ बनेका थिए । ‘बागी’ सिंह व्यक्तिगत स्वार्थका लागि जे पनि गर्छन् भन्ने आरोप छ ।

चर्चा पाउन सिंहले निच हर्कत र अभिव्यक्ति दिँदै आएका छन् । प्रतिनिधि सभामा समेत सांसद सिंह आफ्नै कपडा (वस्त्र) खोलेर नाङ्गै भएका थिए । सिंहको यो चर्तिकला र हर्कतबाट संसद सचिवालय दिक्क भएको छ ।

कांग्रेस, एमाले, माओवादी लगायतका दलका नेताहरूमाथि सिंहले व्यक्तिगत रुपमा आक्षेपहरू लगाउने गरेका छन् । प्रतिनिधि सभामा होस् वा सार्वजनिक स्थानमा के बोल्ने ? के नबोल्ने कुनै ध्यान दिँदैनन् । मुखमा जे आयो त्यही प्याच्च बोल्छन् । सोही कारण कांग्रेसले सिंह जस्ता अराजक र गद्दारलाई पार्टीबाट कारबाही गरेर निकालेको छ ।

सांसद सिंहविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । हैसियतभन्दा धेरै सम्पत्ति जोडेका सिंहविरुद्ध आफ्नै जिल्लाबासी सर्लाही कांग्रेसका युवा नेता विकाश ठाकुरले उजुरी दिएका छन् । ठाकुरले सिंहको कर्तुत बेलाबेला बाहिर ल्याउने गरेका छन् । सिंह कसैसँग डराउँछन् भने त्यो हो, विकाश ठाकुर ।

सांसद सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा कार्यकर्ताले कालोमोसो दलेर कारबाही समेत गरिसकेका छन् । अझै पनि सिंहले मुख सम्हाल्न नसक्ने हो भने आफ्नै मतदाताले सबक सिकाउने पक्का छ ।

Published : Wednesday, 2024 July 31, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया