एमालेले बेवास्ता गरेपछि माओवादी फर्किन खोजेका मणिको राजनीतिक यात्रा फुलिस्टपतिर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेसँगै मन्त्री बनेका मणि थापाको बिचल्ली भएको छ ।
एमालेले सबै नेताहरूलाई जिम्मेवारी दिएको छ । तर, एमालेले थापालाई कुनै जिम्मेवारी दिएन । स्थायी कमिटी सदस्य थापालाई एमालेले पदमुक्त गरेको छ ।
थापा पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको एमालेले जनाएको छ । प्यूठान जिल्लाका स्थायी बासिन्दा थापा माओवादीभित्रका राम्रा नेतामा रहेका थिए । मन्त्री बन्नकै लागि माओवादी छाडेर एमालेतिर लागेपछि उनको राजनीतिक यात्रामा फुलिस्टम लाग्ने मोडमा पुगेको छ ।
एमालेको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान राखेको छ । थापा स्वतः पदमुक्त भएको एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
थापाले एमालेका अध्यक्ष केपी ओलीको कार्यशैलीको विरोध गर्दै धेरै महिना अगाडि राजीनामा दिएको बुझिएको छ । थापा पुनः माओवादीमा फर्किन खोजेका छन् । तर, माओवादीका नेताहरूले थापालाई छिर्न पनि दिन मन गरेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया