कुलमानले अनियमितता गरेको आरोप लागेका बेला २ सदस्य हटाएर नियुक्त
काठमाडौं । सरकारले पूर्वऊर्जा सचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले कार्की र गुरुङलाई साउन १८ गते प्राधिकरण सञ्चालक सदस्यमा नियुक्त गरिएको बताएका छन् ।
साउन १८ गते भएको मन्त्रिस्तरीय निर्णयानुसार उनीहरु सञ्चालक सदस्य नियुक्त भएका हुन् ।
ऊर्जा मन्त्रालयले प्राधिकरणका सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुको जवाफ चितबुझ्दो नभएपछि हटाएर कार्की र गुरुङलाई सञ्चालक समिति सदस्य बनाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ विभिन्न विवाद र भ्रष्टाचारहरुमा मुछिएका बेला सरकारले दुई जना सदस्य हटाएर नयाँलाई नियुक्त गरेको छ ।
हटाइएका दुई जना सदस्यहरु सरकारविरुद्ध अदालतमा जाने चेतावनी दिएका छन् । उनीहरुले आफूलाई अन्याय भएको दाबी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया