सरकारद्वारा एआईजीहरु थापा, ज्ञवाली, बज्राचार्य र जोशीको सरुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा दीपक थापाको सरुवा गरेको छ ।
उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरकारले सरुवा गरेको छ । प्रदेश समन्वय विभागमा एआईजी श्यामलाल ज्ञवालीको सरुवा भएको छ ।
मन्त्रिपरिषदले कार्य विभागमा एआईजी रामदत्त जोशीलाई सरुवा गरेको स्रोतले जनाएको छ ।
यसअघि, एआईजी श्यामलाल ज्ञवाली सीआईबीको प्रमुख थिए । एआईजी दीपक थापा उपत्यका प्रहरी कार्यालयको प्रमुख थिए ।
एआईजी किरण बज्राचार्य प्रहरी प्रधान कार्यालयमा कार्यरत थिइन् । किरण बज्राचार्यलाई सीआईबीको प्रमुखबाट हटाएर तत्कालीन गृहमन्त्री रवि लामिछानेले एआईजी श्यामलाल ज्ञवालीलाई लगेका थिए ।
एआईजी श्यामलाल ज्ञवाली ठूलो घोटाला र विवादमा परेका छन् । ज्ञवालीमाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले छानविन समिति नै बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया