कांग्रेसको बैठकमा ११ वटा प्रस्तावहरूमा क-कसले धारणा राखे ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।
वीपीनगर, ललितपुरमा बिहीबार बसेको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले धारणा राखेका छन् ।
राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान (भदौ १५ – मंसिर २५) सम्बन्धमा, अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धमा पनि बैठकमा छलफल भएकाे छ ।
भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण (नयाँ र नविकरण) प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ सम्बन्धमा, समसामयिक राजनीति र अन्य विविध विषय केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तावहरू प्रस्तुत भएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डिला संग्रौला, किरणराज शर्मा पौडेल, राजीव कोइराला, मानबहादुर नेपाली, राजेन्द्रकुमार केसी, गुरू बराल, कान्तिका सेजुवाल, भरतकुमार शाह, सीतादेवी देवकोटा र शारदा पौडेलले धारणा राखेका छन् ।
आमन्त्रित सदस्य नारायणी रायमाझी र प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले पनि आ–आफ्नो धारणा राखेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक साउन २५ गते शुक्रबार बिहान ११ बजे पार्टी कार्यालयमा पुनः बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया