हवाई दुर्घटना बढेका बेला महानिर्देशकलाई बखास्त गर्न काठमाडौंमा भव्य प्रदर्शन, पोखरा छानविनको माग

काठमाडौं । हवाई दुर्घटना बढिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा भव्य प्रदर्शन गरेको छ ।

आइतबार माइतीघर मण्डलामा र्‍यालीसहित अभियानले महानिर्देशक अधिकारीविरुद्ध प्रदर्शन गरेको हो । उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे सत्यतथ्य छानविन र महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

‘पोखरा विमास्थलबारे सत्यतथ्यको छानविन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको लागि र्‍याली’ लेखिएको व्यानरसहित प्रदर्शन भएको छ ।

तत्कालीन समयमा पोखरा विमास्थलको आयोजना प्रमुख अधिकारी नै थिए । अधिकारीले विमास्थल बनाउँदा घोटाला गरेको आरोप लाग्दै आएको छ । पोखरा विमानस्थलबारे अख्तियार दुरुपयोग अनुसनधान आयोगले पनि छानविन गरिरहेको छ । सरकारी गाडीमा चढेर अख्तियारमा पुगेर अधिकारीले बयान समेत दिएका छन् । लाजश्रम रुमालले छोपेर सरकारी गाडीमा चढेर महानिर्देशक अधिकारीले बयान दिँदै आएका छन् ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समेत महानिर्देशक अधिकारीमाथि छानविन र अनुसन्धान गरिरहेको छ । उपसमिति बनाएर पोखरा विमानस्थलको अनुगमन र अध्ययन भएको छ । महानिर्देशक अधिकारीसँग उपसमितिले बयान समेत लिइसकेको छ ।

पोखरा विमनस्थल बनाउँदा लागतभन्दा धेरै रकम खर्च गराएको अधिकारीलाई आरोप छ । पोखरा विमानस्थल बनाउँदा चीनसँग महँगो व्याज अर्थात मिटर व्याजमा रकम लिइएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले पनि महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाइरहेको छ । अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि ८ वटा ठूला हवाई दुर्घटना भइकेका छन् । अधिकारीले भक्तपुरको नलिन्चोकमा बनाएको हेलिपोर्ट पनि काम नलाग्ने बनाएका छन् ।

Published : Sunday, 2024 August 11, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया