गोदावरीमा कांग्रेसबाट निर्वाचित मेयर र उपमेयरलाई विशेषले दियो न्याय, निकम्मा विरोधीहरूको हार
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई सफाइ दिएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेको हो । विशेष अदालतले मेयर महर्जन र उपमेयर अधिकारीसहित १४ जनालाई न्याय दिएको छ ।
गोदावरी नगरपालिकाकामा मेयर महर्जन र उपमेयर अधिकारीको दोस्रो कार्यकाल हो । उनीहरूले अघिल्लो कार्यकालमा राम्रो काम गरेकै कारण नगरवासीले दोस्रो पटक जिताएका थिए । उनीहरू नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।
मेयर महर्जन र उपमेयर अधिकारीले राम्रो काम गरेको मन नपराएको समूहले अख्तियारमा उजुरी दिएर दुःख दिने कार्य गरेको छ । यद्यपि, विशेष अदालतले मेयर महर्जन र उपमेयर अधिकारीलाई न्याय गरेको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो ।
यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपियाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो ।
विशेष अदालतको संक्षिप्त आदेशमा भनिएको छ, ‘निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर, सो सम्पत्तिको बिक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानूनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ (ख) को कसूर हुने देखिँदैन ।’
गोदावरी नगरपालिकाका मेयर महर्जन र उपमेयर अधिकारीसहित १४ जनाविरुद्ध अख्तियार अनुसन्धान आयोगले २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया