सरकारद्वारा ठूलो संख्यामा उपसचिवहरूको सरुवा

काठमाडौं । सरकराले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवहरूको सरुवा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव सुरेशराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्णप्रसाद चापागाईँको गृह मन्त्रालयमा सरुवा भएको छ ।

राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहालको विद्युतीय सुशासन आयोगमा सुरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुरुवा भएका छन् ।

वन तथा वातावरण मन्त्रालयकी उपसचिव रत्नेश शशिलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राज भुसालको राष्ट्रिय महिला आयोगमा सुरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू रविन ढकालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, छविलाल पौडेलको गृह मन्त्रालयमा सुरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव फणिन्द्रप्रसाद पौडेलको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्मालाई रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका ईश्वरीप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दरबन्दीमा रहेका हरि पंगेनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरुवा भएको छ ।

Published : Wednesday, 2024 August 14, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया