कांग्रेसका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा पाए दुईतिहाइ
धनगढी । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले दुईतिहाइ बहुमतसहित विश्वासको मत पाएको छ ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले विश्वासको मत पाएका हुन् । शाहले मुख्यमन्त्रीमा लोकप्रिय मत पाएका छन् ।
विश्वासको मत लिने कार्यक्रममा नेकपा (माओवादी केन्द्र र राप्रपाका प्रदेशसभा सदस्यहरू अनुपस्थित भएका छन् ।
अनुपस्थित हुनेमा माओवादी केन्द्रका खगराज भट्ट, रमेश धामी, झपटबहादुर साउद, जानकी कुँवर पौडेल, शिवसिंह ओली रहेका छन् ।
राप्रपाका खेमादेवी विष्ट पनि बुधबारको विश्वासको मत लिने कार्यक्रममा अनुस्थित रहेकी छिन् । उनीहरू अनुपस्थित हुनाको कारण भने प्रदेश सभालाई जानकारी दिइएको छैन ।
५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले दुईतिहाइ अर्थात ३६ मत पाएका छन् ।
विश्वासको मतको विपक्षमा माओवादीका १०, नेकपा (एकीकृत समाजवादी)का चार र राप्रपाका १ गरेर १५ मत खस्नु पर्नेमा आठ मत मात्र खसेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया