भ्रष्टाचार निवारण ऐनमा हदम्यादको कुरा गम्भीरताका साथ उठेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐनमा हदम्यादको कुरा गम्भीरताका साथ उठेको बताउँदै स्वार्थ बाझिएको विषयमा स्पष्टताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लेखकले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको भएपनि अहिले संविधानमा भ्रष्टाचारको विषयमात्रै उल्लेख भएको बताए ।

उनले भ्रष्टाचार निवारण सम्बन्धी ऐन २०५९ लाई संशोधन विधयेकलाई छिटो पारित गर्न आग्रह गरेका छन् ।

गृहमन्त्री लेखकले विधेयकमा रहेका धेरै विषयमा सहमति जुटिसकेकाले समितिबाट छिटो पारित गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

धेरै विषय छलफलका क्रममा पहिचान भइसकेकाले पहिचान भएका विषयमा केन्द्रित दफावार छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।

उनले छलफलका क्रममा सरकाले आफ्नो धारणा र विषयहरू राखेपनि अन्तिम निर्णय गर्ने अधिकार समितिकै भएको बताएका छन् ।

यस्तो अवस्थामा अनुचित कार्यको विषयलाई कसरी हेर्ने भन्ने प्रश्न उठेको गृहमन्त्री लेखकले बताएका छन् ।

Published : Wednesday, 2024 August 21, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया