मावन बेचबिखनको अभियोगमा संगीत उद्योग संघमा प्रहरी छापा, सबै कागजपत्र जफत

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रयन्त्रण व्यूरो, बबरमहलले नेपाल संगीत उद्योग संघमा छापामारेर सबै कागजपत्र र कम्युटर जफत गरेको छ ।

विदेशमा मावन ओसारपसार, बेचबिखन र अवैध काम गरेको आशंकामा प्रहरीले अनुसन्धानका लागि संघको अनामनगरस्थित कार्यालयमा बुधबार छापामारेको हो ।

व्यूरोका प्रमुख (एसएसपी) ओमबहादुर रानाले केहि दिनअघि संघले विभिन्न बहानामा विदेश लैजाने कागजात बनाउने र यसका लागि मोटो रकम लिने गरेको अभियोगमा छानविनका लागि कागजपत्र र कम्युटर बरामद गरेर छानविन अगाडि बढाएको बताए ।

केही दिन अगाडि संघले विदेशमा मावन तस्करी गर्ने गरेको समाचार र भिडियो सार्वजनिक समेत भएको थियो ।

सांगीतिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन विदेश लैजाने र आवश्यक कागजात बनाउने भन्दै एक व्यक्तिले रकम बार्गेनिङ गरेको देखिउको छ ।

संघबाट विभिन्न कागजात ल्याएर अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ । व्यूरोले कम्युटरलाई ल्याबमा पठाएर डाटा हेरिरहेको जनाएको छ ।

संघका अध्यक्ष, सचिवलगायतका पदाधिकारीसँग बयान लिइरहेको एसएसपी रानाले बताए ।

Published : Wednesday, 2024 August 21, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया