रुपन्देही र बाँकेका पर्यटन डिभिजन कार्यालय खारेज, सबै जिल्लामा कार्यालय स्थापना

मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशका १२ वटै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालय समेत रहने निर्णय गरेको उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले बताए ।

पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो ।

Published : Friday, 2024 August 23, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया