अवकासमा जान लागेका एआईजीपी श्याम ज्ञवालीको समूहद्वारा रिट दायर

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गरेका छन् ।

एआईजी श्यामलाल ज्ञवालीसहितको समूहले बुधबार सरकारविरुद्ध रिट निवेदन दायर गरेका छन् ।

एआईजी ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न बुधबार रिट निवेदन दायर गरेको र उक्त रिटमाथि बिहीवार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन् ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ ।

अदालतमा विचाराधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।

Published : Wednesday, 2024 August 28, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया