लामिछानेले ९ घण्टा बयान दिनु नै सहकारी ठगको प्रमाण, सफाइ पाएको होइन, फैसला आउन बाँकी छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारीको करोडौं रकम अपचलन र ठगीका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेताहरूलाई गतिलो जवाफ दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रवि लामिछाने, स्वर्णिम वाग्ले, मनीष झा, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, हरि ढकालहरूको नाम नलिएर ९ घण्टा बयान दिएर आएका लामिछानेका बारेमा त्यही नै ठगीको पर्याप्त प्रमाण रहेको बताए ।
रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेले केही दिन अगाडि सहकारी ठगीबारे अनुसन्धान गर्न बनेको संसदीय छानविन समितिमा ९ घण्टाभन्दा धेरै लामो समय सहकारी ठगीबारे बयान दिएका थिए ।
कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले रास्वपाका सहकारी ठगको आरोपीहरूको नाम नलिएर ९ मिनट बोल्न पाए के के गर्छु/भन्छु भनेर दिएका अभिव्यक्तिप्रति ९ घण्टाको बयानले प्रमाण दिएको बताए ।
सांसद थापाले सहकारी ठगका आरोपी लामिछानेले ९ मिनट भनेको ९ घण्टा बयान दिएर आएको थाहा छैन ? बयान हो बयान भन्दै बयानलाई फैसलाका रुपमा नलिन सचेत गराएका छन् ।
सहकारी ठगीका विषमया संसदीय छानविन समितिमा ९ घण्टा बयान लिएर आएका लामिछाने र उनका नेताहरूले फैसला नै आए जसरी अभिव्यक्ति दिइरहेका बेला सांसद थापाले फैसला आउन बाँकी रहेको बताए । फैसला आएपछि सँगै बसौँला भनेर सांसद थापाले लामिछाने र उनको दलका नेताहरूलाई व्याङ्गात्मक जवाफ दिएका छन् ।
उनले सहकारी ठगीबारे संसदीय छानविन समितिको प्रतिवेदन र फैसला त आउनै बाँकी रहेको बताए ।
सांसद थापाले प्रश्न गर्दै लामिछाने र रास्वपाका नेताहरूलाई सूर्य थापा संयोजकत्वको संसदीय छानविन समितिमा गएर ९ घण्टा बयान दिएको प्रमाण भएको बताए ।
थापाले भने, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ?’
उनले भने, ‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला ।’
आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए । ‘बरु रास्वपपाका साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ’, थापाले अगाडि भने, ‘बयान हो, बयान । सफाइ होइन ।’
‘फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसेको छु । तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’, उनले भने ।
बरु समितिमा रहेका रास्वपाका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने उनले बताए । ‘किनकी कालोलाई सेतो कसरी भन्नु ? कालोलाई कालै भन्नुपर्ला । अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’, महामन्त्री थापाले भने, ‘त्यसैले दिन गनौं, राम्रोसँग गनौं । औला भाँचेर गनौं, लेखेर गनौं । फैसला आउने दिन गनौं ।’
रास्वपाका सभापति लामिछाने र उनको दलका नेताहरूले सहकारी ठगीको प्रमाण खोइ भन्दै आएका छन् । सहकारी ठगी काण्डमा ९ घण्टा बयान दिएका लामिछाने र उनको दलका नेताहरूले सहकारीको रकमबारे थाहा छैन भनेर टार्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया