टुँडीखेलमा गौरा पर्व मनाउँदा भएको गतिविधि राम्रो भएन : राप्रपा सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले टुँडीखेलमा गौरा पर्वको कार्यक्रममा भएको गतिविधिको विरोधी गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले भनिन्, ‘गौरा पर्व मनाउने क्रममा टुँडीखेलमा जे भयो त्यो राम्रो भएन ।’ उनले धार्मिक कार्यक्रममा भएको कार्य निन्दनीय रहेको बताइन् ।

केही दिन अगाडि काठमाडौंको टुँडीखेलमा सुदूरपश्चिममा विशेष रुपमा मनाइने धार्मिक एवं सांस्कृतिक कार्यक्रम गौरा पर्वको कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध ८÷१० जनाको अराजक समूहले नाराबाजी गरेको थियो ।

ती आराजक समूहलाई समर्थन गर्दै नेकपा (माओवादी केन्द्र) र रास्वपाका सांसद तथा नेताहरूले बचाउ गर्दै आएका बेला राप्रपाकी सांसद कार्कीले गौरा पर्व मनाउने क्रममा भएको कार्यलाई गलत भनेर टिप्पणी गरेकी हुन् ।

धार्मिक एवम् सांस्कृतिक कार्यक्रम बिथोल्न अराजक समूहले गरेको गतिविधिको आलोचना भइरहेको छ । प्रहरीले धार्मिक संहिष्णुता बिथोल्ने समूहका केही मानिसलाई पक्राउ गरेर कारबाही प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ ।

Published : Thursday, 2024 August 29, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया