प्रचण्डलाई एमालेले दियो सुध्रिन चेतावनी
काठमाडौं । एमालेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक प्रमाणीकरण हुनु सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले प्रमाणीकरण भएको टीआरसी विधेयकलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
एमालेले टिआरसी विधेयक सरकारले प्राथमिकताकासाथ अगाडि बढाउन सुझाव पनि दिएको छ ।
एमालेले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावका सम्वन्धमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
थप निर्णयहरू गर्न एमालेले पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बोलाउने निर्णय गरेको छ ।
एमालेले अन्तर्राष्ट्रियस्तरमा भएको राजनीतिक घटनाक्रमलाई नेपालको सन्दर्भमा जोड्न नहुने जनाएको छ ।
कुनैपनि नेताले संयमता गुमाउन नहुने भन्दै आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत एमालेले आग्रह गरेको छ ।
सरकारको काम कारबाही र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको सम्बोधनबारे एमालेले छलफल गरेको छ ।
नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा बढेको एमाले सचिवालयले निष्कर्ष निकालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया