पोखरामा आगो लगाउने दुई जनालाई उपद्रो शीर्षकमा कारागार चलान
पोखरा । आफ्नै पसलमा आगो लगाउने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बीमा रकम दाबी गर्नका लागि साउन १६ गते पोखरा महानगरपालिका–६ नारेश्वरस्थित डा.थानेश्वर पहारीको घरमा संचालित मुक्तिनाथ सपिङ सेन्टरका संचालक स्याङ्जाको आधिखोला गाउँपालिका–६ घर भई हाल पोखरा–१७ ड्यामसाईड बस्ने ३६ वर्षीय सुजन गहतराज र पुतलीबजार नगरपालिका–७ घर भई हाल पोखरा–१७ बस्ने ४३ वर्षीय पवन नेपाल जेल चलान भएको जिल्ला प्रहरी प्रमुख मोहन थापाले बताए ।
बीमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएको घटनामा संलग्न गहतराज र नेपाललाई आपराधिक उपद्रव शीर्षकमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको थियो ।
Published : Saturday, 2024 August 31, 9:38 am
फेसबुकबाट तपाईको प्रतिक्रिया