कांग्रेस र एमालेद्वारा कार्यदल गठन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)ले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन ४ सदस्यीय कार्यदल बनाएका छन् ।

बालुवाटारमा आइतबार बसेको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल बनाएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा.प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

कांग्रेस र एमालेले बल्ल न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न लागेका छन् ।

बैठकमा प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू सहभागी रहेका थिए ।

Published : Sunday, 2024 September 8, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया