टोखाबाट ४४ वर्षीया कमला चुँडाल पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले ४४ वर्षीया कमला चुँडाललाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका–३ मनकामना बस्ने चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
चुँडालले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपियाँ लिई सम्पर्क विहीन भएकी थिइन् । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चुँडाललाई टोखा नगरपालिका–३ मनकामना टोलबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका एसपी काजीकुमार आचार्यले बताएका छन् ।
चुँडाललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया