कांग्रेस निकट थारु संघको लमही नगरको प्रथम भेला, नगर र वडा कार्यसमिति चयन

लमही । नेपाली कांग्रेस निकटको नेपाल थारु संघको लमही नगरपालिकास्तरीय प्रथम नगर भेला सम्पन्न भएको छ ।

मंगलबार लमहीमा थारु संघ क्षेत्र कार्यसमितिले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि थारु विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी रहेका थिए ।

थारु संघका क्षेत्रीय सभापति गोकुलप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भेलाले लमही नगरपालिकाका ९ वटा वडाको सभापतिहरु चयन गरेको छ ।

थारु संघ दाङका जिल्ला अध्यक्ष शेषदत्त चौधरीका अनुसार १ देखि ९ वटा वडाका सभापतिहरु चयन गरिएको बताए ।

थारु संघको लमही नगर सभापतिमा जगदीश चौधरी र उपसभापतिमा प्रेम चौधरी चयन भएका छन् ।

यसैबीच, प्रमुख अतिथि समेत रहेका थारु विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले लमही नगरको प्रथम सभाबाट चयन भएका साथीहरुलाई शुभकामना र बधाइ दिएका छन् । उनले कांग्रेसको नीति र निर्देशनमा रहेर संगठन निर्माणको काममा लाग्न आग्रह गरेका छन् ।

Published : Tuesday, 2024 September 10, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया